Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्कियो

स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्किएको छ । फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेर आठ मिनेट ३० सेकेण्डमै पृथ्वीमा फर्किएको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको रकेट फाल्कोन बुस्टरको यस वर्ष यो ९औँ प्रक्षेपण र अवतरण हो । रकेटको माथिल्लो भागमा रहेको स्टारलिङ्कका ५२ वटा स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा छाडिएको द टाइम्स अफ इण्डियाले जनाएको छ ।

स्पेस एक्सले अन्तरिक्षमा राखेका झण्डै साढे ४ हजार स्याटेलाइटमध्ये अहिले ४ हजार २ सय वटा सञ्चालनमा रहेका छन् । स्पेस एक्सले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति मागेको छ भने १२ हजारवटाका लागि पाइसकेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com