Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

टर्की र सिरियामा भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु

मध्य टर्की र उत्तरपश्चिमी सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ५०० भन्दा बढि पुगेको छ । त्यसैगरी हजारौं घाइते भएका छन्। मृत्यु हुनेको यो संख्या तीव्र गतिमा बढिरहेको अधिकारीहरुले बताएका छन्।

भूकम्पमा परी भत्किएका भग्नावशेषमा बाँचेकाहरूको खोजी सुरु गरिएको बिबीसीले जनाएको छ। सिरियाको अलेप्पो, लताकिया, हामा र टार्टसमा भूकम्पका कारण ठूलो क्षति पुगेको समाचार छ। एलेप्पोमा ठूलो संख्यामा भवनहरू भत्किएको खबर आएको छ। सिरियामा विद्रोहीको कब्जामा रहेका क्षेत्रमा कति क्षति भयो भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन। स्थानीय समय अनुसार सोमबार बिहान ७.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । त्यसपछि ४० भन्दा बढी पराकम्पहरू गइसकेको बताइएको छ । टर्कीका राष्ट्रपति अर्दोआनले देशमा संकटकाल लगाएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com