Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

कृष्णबहादुर महराको बयान सकियो

चैत्र,९ काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान (ब्युरो सीआईबी) र सरकारी वकिलको कार्यालय दुवैले उनको बयान लिइसकेका छन् ।

बयान सकिएसँगै उनलाई छाड्ने तयारी भइरहेको छ । स्रोतका अनुसार कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई छाड्ने तयारी भएको हो । ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । अदालतले दिएको उक्त म्याद आज सकिँदै छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com