Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

अरुणाचल प्रदेश भारतको अभिन्न अङ्ग भएको अमेरिकाको प्रतिक्रिया

अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग भएको प्रतिक्रिया दिएको छ । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले अरुणाचल प्रदेश भारतको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

उहाँले अमेरिकाले कुनै पनि देशले अर्काको भूमि मिच्ने र दाबी गर्ने प्रवृतिको विरोध गर्ने बताउनुभएको खबरमा उल्लेख छ । यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता चाङ सियाओगाङले अरुणाचल प्रदेशलाई चीनको हिस्सा भएको दाबी गरेपछि अमेरिकाले यस्तो प्रतिक्रिया दिएको हो ।

अरुणाचल आफ्नै भू–भाग भन्दै भारतले विकासका संरचना निर्माणलाई तीव्रता दिएको छ भने चीनले यस क्षेत्रलाई दक्षिण तिब्बत भन्दै भारतीय गतिविधिको विरोध गर्दै आएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com