Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

आज सार्वजनिक बिदा

साउन,२ काठमाडौं । कैलाली जिल्लाका ४ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ। कमैया मुक्ति दिवसको अवसरमा ४ पालिकाले स्थानीय बिदा दिएका छन्। कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको हो।

पालिकासहित स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ। नेपालमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो। कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए। मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com