Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर

काठमाण्डौ – पोर्चुगलको जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । दक्षिणी शहर ओडेमिरा नजिकको जङ्गलमा डढेलो फैलिएपछि नजिकैको जोखिम बस्तीका एक हजार ४ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

त्यहाँ ८ सय भन्दा धेरै अग्नी नियन्त्रकसहित हेलिकप्टर परिचालन गरिएको छ । डढेलो निभाउन खटिएका नौ जना अग्नी नियन्त्रक घाइते भएका बीबीसीले जनाएको छ ।

गएको शनिवारदेखि शुरु भएको डढेलो उच्च तापक्रमका कारण फैलिनेक्रम रोकिएको छैन । त्यहाँ ६ हजार ७ सय हेक्टर जङ्गल नष्ट भएको छ । पोर्चुगलमा अस्ति सोमवार वर्षकै अधिकतम तापक्रम ४६ दशमलव ४ डिग्री सेल्सियस रेकर्ड भएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com