Yeti Khabar

२०८१ जेष्ठ १४, सोमबार - Mon May, 2024 -

अमेरिकामा जातीय भेदभावमाथि प्रतिबन्ध लगाउने क्यालिफोर्निया पहिलो राज्य

अमेरिकामा विधानसभाबाट जातको आधारमा हुने भेदभावलाई दण्डनीय अपराध ठहर गर्ने विधेयक पारित गर्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ ।

क्यालिफोर्निया राज्यको पछिल्लो कदमले आफूमाथि जातको आधारमा भेदभाव हुने गरेको गुनासो गर्दै आएका दक्षिण एसियाली मूलका मानिसलाई सुरक्षा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

राज्यको विधानसभाले पारित गरेको यो विधेयकमा हस्ताक्षर गरेर अब त्यसलाई कानुनको रूप दिने कि नदिने भन्ने निर्णय राज्यका गभर्नरले गर्नुपर्ने हुन्छ । गएको फेब्रुअरीमा जातीय विभेदमा प्रतिबन्ध लगाएर सियाटल त्यस्तो नियम बनाउने पहिलो सहर बनेको थियो ।

क्यालिफोर्निया राज्यका डेमोक्र्याट गभर्नर ग्याभिन न्युसमको कार्यालयले विधेयक आफ्नो टेबलमा आएपछि त्यसको समीक्षा गर्ने बताएका बीबीसीले जनाएको छ । केही हिन्दु समूहले जातीय प्रणाली उत्तरी अमेरिकामा गम्भीर मुद्दाको रूपमा नरहेको दाबी गर्दै आएका छन् ।

केही दलित अधिकारकर्मीले त्यस्तो दाबीलाई अस्वीकार गर्दै आफूहरूले परम्परागत रूपमा विशेष सुविधा पाउँदै आएका भनिने समुदायका मानिसबाट भेदभावको सामना गर्नुपरिरहेको बताएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com