Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

डडेल्धुरामा एमाले र कांग्रेस (बिपी) को गठबन्धन तोडियो

डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बिपी) सँगको गठबन्धन तोडेको छ।
एमालेले कांग्रेस (बिपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधि सभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।
उनी राष्ट्रिय सभाका पूर्वसदस्य हुन्।

एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिक रूपमा निर्देशन नआएकाले प्रतिनिधि सभामा एकल उम्मेदवारी दिएको जनाएको छ।
उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन्।
यस्तै प्रतिनिधि सभामा कांग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन्।

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति समेत हुन्।
नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो। त्यसपछि उनी कांग्रेस (बिपी) मा प्रवेश गरेका थिए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com