Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

गाजामा सङ्क्रामक रोग फैलिन थाल्याे : राष्ट्र सङ्घ

संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएकाे छ । संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसीएचए) ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेकाे जानकारी दिएकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हाे । 

राष्ट्रसङ्घका अनुसार  झन्डै १ लाख ८० हजार मानिस श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित भएका छन् भने १ लाख ३६ हजार जनाभन्दा बढी मानिस झाडापखालाबाट ग्रसित भएका छन् । 

तीमध्ये आधा जनसङ्ख्या पाँच वर्षमुनिका बालबालिकाकाे रहेकाे सिन्ह्वाले जनाएको छ । गाजामा ठेउला तथा विभिन्न छालासम्बन्धी सङ्क्रमण पनि फैलिन थालेकाे ओसीएचएले जनाएकाे छ । 

राष्ट्र सङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, इजरायलकाे निरन्तरकाे आक्रमणका कारण गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका राष्ट्रस‌ंघले जनाएकाे छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com