Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

अमेरिकामा बैंकका कर्मचारीले हाने आफ्नै सहकर्मीलाई गोली: पाँचको मृत्यु, ८ घाइते

अमेरिकाको केन्टकी राज्यमा एक जना बैंकका कर्मचारीले गोली हानेर पाँच जना सहकर्मीको हत्या गरेका छन्।

द न्युयोर्क टाइम्सका अनुसार लुइभिल सहरको ओल्ड नेशनल बैंकका कर्मचारीले सहकर्मीमाथि सोमबार राइफलले गोली हानेका हुन्।

गोली लागेर बैंकका बरिष्ठ उपाध्यक्षको पनि मृत्यु भएको छ।

घाइते भएका ८ जनामध्ये दुईको अवस्था गम्भीर छ।

गोली हान्ने कर्मचारी कोनर स्टर्जनको पनि मृत्यु भएको छ। उनले आफैंलाई गोली हानेका हुन् कि प्रहरीको गोली लागेर मारिएका हुन भन्ने खुलेको छैन।

२५ वर्षका स्टर्जन गत वर्षमात्र उक्त बैंकमा पूर्णकालीन कर्मचारी नियुक्त भएका थिए। त्यसअघि उनले बैंकमा इन्टर्नसिप गरेका थिए।

सहकर्मीमाथि उनले किन गोली हाने भन्ने कारण खुलिसकेको छैन। स्रोतलाई उद्धृत गर्दै सिएनएनले  स्टर्जनलाई जागिरबाट निकालिएको सूचना दिएको उल्लेख गरेको छ।

स्टर्जनले गोली हानेको दृश्य आफ्नो सामाजिक सञ्जालबाट लाइभ गरेका थिए।

अमेरिकामा कानुनी रूपमै बन्दुक किन्न र राख्न पाइन्छ। बन्दुक सबैका पहुँचमा हुने भएकाले  बेलाबेलामा गोली काण्डका घटनाहरू भइरहन्छन्।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com