Yeti Khabar

२०८१ बैशाख ११, मंगलवार - Tue Apr, 2024 -

बलिउड अभिनेत्री सोनम कपुरलाई पुत्रलाभ

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । सोनम कपुरका पिता तथा बलिउड अभिनेता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट शेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन् ।

उनले नोटमा लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ । सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ । नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया ।’

आनन्द आहुजाले पनि एक टिप्पणी साझा गरेका छन्, जसमा उनले छोराको जन्मेको खुसीको खबर सेयर गरेका छन् । ​आहुजाले नोटमा यस सम्पूर्ण यात्रामा साथ दिने चिकित्सक, नर्स, साथीभाइ तथा परिवारका सदस्यहरूलाई धन्यवाद दिएका छन् ।

सोनम र आनन्द आहुजाले ८ मे २०१८ मा विवाह गरेका थिए ।

को हुन् सोनमका पति आनन्द अहुजा ?

आनन्द आहुजा दिल्लीका व्यापारी हुन् । उनी लोकप्रिय कपडा उत्पादन कम्पनी ‘भाने’का मालिक हुन् । यस बाहेक उनले दिल्लीमा भेग ‘नन–भेज’ नामक मल्टि–ब्रान्ड स्नीकर बुटीक पनि चलाउँछन् । साथै, उनी तीस अर्ब भारुको वार्षिक कारोबार गर्ने शाही एक्सपोर्ट्सका प्रबन्ध निर्देशक हुन् ।

आनन्दले अमेरिकन एम्बेसी स्कूलमा अध्ययन गरे र त्यसपछि पेन्सिलभेनिया विश्वविद्यालयको वार्टन स्कूलबाट स्नातकोत्तर गरे । उनले अमेरिकामा अमेजन डट कममा इन्टर्नसिप गरे र पछि पिता हरिश आहुजालाई सघाउन देश फर्किए ।

सन् २०१४ मा आनन्द आहुजाले फेसन डिजाइनर तथा सोनमको स्टाइलिस्ट प्रेरणा कुरेशीमार्फत सोनम कपूरलाई भेटेका थिए । भेट भएको एक महिनाभित्रै आनन्दले उनलाई प्रपोज गरेका थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com