Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

भर्‍याङमुनि बेबारिसे भेटिए नवजात शिशु

असार,२३,काठमाडौं । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलसहितका केही स्टार्फहरु आज दिउँसो भर्खरै बनेर सकिन लागेको सी ब्लक भवनको पहिलो तलामा उक्लिदै थिए । अस्पतालको भर्‍याङमुनि कपडामा बेरिएको अवस्थामा केही राखिएको जस्तो देखे ।

अरु भन्दा अगाडि रहेका पौडेलले कपडा भित्र हातखुट्टा चलेको जस्तो देखे । हत्तपत्त तल झरेर हेर्दा एक नवजात शिशुले हात चलाइरहेको थियो । चिसो भूइँमा राखिएको शिशु रोएको थिएन । यसो काखमा लिएर बच्चा हेरे, तातै थियो बच्चा । हत्तपत्त प्रहरीलाई खबर गरे ।

जन्मिएको दुई दिन मात्रै भएको नवजात शिशु (छोरी) केही घण्टा अगाडि मात्रै कसैले भर्‍याङमुनि छाडेर गएको हुन सक्ने अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com