Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

माघ,८ काठमाडौं। रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका(३ महिलवार(पडरिया सडक खण्डको लंकापुरमा आइतबार सांझ दुई मोटरसाइकल एक आपसमा ठोक्किंदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका(५ हथिहवाका ४५ वर्षीय शिवशंकर यादव र भारत उत्तरप्रदेश नौगढका ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टका अनुसार बाक्लो हुस्सु लागेको मौसम र पुल निर्माणका लागि एकतर्फी बनाइएको सांघुरो सडकमा विपरित दिशाबाट तीव्र गतिमा आइरहेका मोटरसाइकल जुध्दा दुवैजना गम्भीर घाइते भएका थिए । घाइते भएका दुवैजनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको डीएसपी भट्टले जानकारि दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com