Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पाकिस्तानी नौसेनाको हेलिकप्टर बलुचिस्तानमा दुर्घटना : चालक दलका तीन जना सदस्यको ज्यान गयो

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन जना सदस्यको ज्यान गएको छ । नौसेनाको हेलिकप्टर बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानका क्रममा हिजो दुर्घटना भएको थियो ।

नौसेनाको हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटना भएको सेनाको प्रारम्भिक अनुसन्धानले जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । इन्जिनमा आगो लागेको थियो ।

गएको वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा ६ जना सैनिकको ज्यान गएको थियो भने एक महिनाअघि पनि बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा एक जना वरिष्ठ सैनिकका साथै अन्य ६ जनाले ज्यान गुमाएका थिए ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com