Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा वृक्षारोपण र सरसफाई

फागुन,७ काठमाडौंं । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कपिलवस्तुमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको छ।
जिल्ला प्रहरी कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालयका हाता भित्र विभिन्न प्रजातिको बिरुवाको वृक्षारोपण गरिएको हो।

प्रहरी परिसरमा अमला, आप लगाएका बिरुवाहरु रोपिएको थियो। यस्तै तौलिहवा स्थित तालेश्वर महादेव मन्दिर र त्यस वरपर तथा सिद्धार्थ पार्कमा सरसफाई गरिएको प्रहरी नायब उपरिक्षक मीन बहादुर घलेले जानकारि दिए ।

सरसफाई अभियानमा सामुदायिक प्रहरीको समेत सहभागीता रहेको थियो। शिवरात्रीको मेलामा मन्दिर परिसर फाहोर भएकोमा अभियान पछि भने सफा भएको सामुदायिक प्रहरीका अध्यक्ष देबी प्रसाद बर्माले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com