Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

चैत्र, १० काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। यसअघि सार्वजनिक प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार ४८० थियो। केन्द्रीय तथ्यांक विभागले शुक्रबार अन्तिम नतिजा सार्वजनिक गर्दै प्रारम्भिकभन्दा केही कम रहेको बताएको हो नेपालको १२औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिएको थियो।

गएको १० वर्षमा २७ लाखले नेपालीको जनसंख्या बढेको बताइएको छ। पुरुषभन्दा महिला ६ लाख ५० हजार बढी रहेको बताइएको छ। जनसंख्या बृद्धिदर विकसित मुलुककै दाँजोमा रहेको बताइएको छ।

जनसंख्या वृद्धिदर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष रहेको बताइएको छ। सबैभन्दा धेरै २० प्रतिशतभन्दा कम क्षेत्र ओगट्ने तराईमा ५४ प्रतिशत जनसंख्या रहेको बताइएको छ। यसैगरी पहाडमा ४० र हिमालमा ६ प्रतिशतको बसोबास रहेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com