Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने

जेठ, १९ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भर्चुअल मार्फत बस्ने भएको छ । स्थानीय तहको निर्वाचन सकिएपछि पहिलोपटक भोली भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

बैठकमा कुन–कुन एजेण्डा समावेश गर्ने भन्ने विषयमा केन्द्रीय सदस्यलाई उपलब्ध नगराएको सापकोटाले बताए । तर नेताहरुले स्थानीय तह निर्वाचन समीक्षा, केन्द्रीय समितिको पूर्णता र एमसीसीको विषयमा छलफल हुने बताएका छन् । बुधबार बिहीबार नवनिर्वाचित स्थानीय तह प्रमुखरउपप्रमुखको अभिमुखीकरण कार्यक्रमले समेत केन्द्रीय समिति बैठकलाई सहयोग पुग्ने देखिएको छ । त्यहाँ धेरै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो तितो मिठो अनुभव समेत सुनाएका छन्।

शुक्रबारको भर्चुअल बैठक सकिएपछि पार्टी पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो,मधेस प्रदेशको पूर्ण र जनवर्गीय संगठनलाई समेत पूर्णता दिने विषयमा गृहकार्य हुने बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com