Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पक्राउ पर्ने डरले दक्षिण अफ्रिका गएनन् पुटिन

facebook sharing button

भारत, चीन, दक्षिण अफ्रिका, रूस र ब्राजिलको सम्मिलित ब्रिक्सको शिखर सम्मेलन मंगलबार सुरू भएको छ। दक्षिण अफ्रिकाले आयोजना गरेको उक्त सम्मेलनमा अरू देशका शीर्ष नेता सहभागी भए पनि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने उपस्थित भएनन्।

उनले मंगलबार सम्मेलनलाई भिडिओबाट सम्बोधन गरेका छन्। द न्युयोर्क टाइम्सका अनुसार पक्राउ पर्ने डरले पुटिन दक्षिण अफ्रिका नगएका हुन्।  सन् २०२२ मा छिमेकी युक्रेनमाथि आक्रमण गरेका पुटिनलाई अहिले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी)ले पक्राउ पुर्जी जारी गरेको छ।

दक्षिण अफ्रिका आइसिसीको सदस्य राष्ट्र हो। पुटिन आफ्नो भूमिमा हुँदा उनलाई पक्रनु दक्षिण अफ्रिकाको दायित्व हुन आउँछ।त्यही कारण पुटिनले ब्रिक्स सम्मेलनमा भौतिक रूपमा भाग नलिएका  हुन्।

यसैबीच शिखर सम्मेलनका लागि दक्षिण अफ्रिका पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्घाटन सत्रमा सम्बोधन गरेका छैनन्। दक्षिण अफ्रिकाको औपचारिक भ्रमणमा रहेका चिनफिङले समकक्षी सिरिल रामाफोसासँग दुई पक्षीय वार्ता गरेका छन्।

चिनफिङले ब्रिक्समा किन सम्बोधन गरेनन् भन्ने खुलाइएको छैन।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com