Yeti Khabar

२०८१ आश्विन १९, शनिबार - Sat Oct, 2024 -

नेपाली विद्यार्थीले बनाएको गाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा

कार्तीक, ५ काठमाडौँ । काठमाडौं विश्वविद्यालयमा इञ्जिनियरिङ पढ्दै गरेका विद्यार्थीको समूहले बनाएको फ्युल इफिसिएण्ट गाडी जुनकिरी अन्तराष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा सहभागी भएको छ । उक्त प्रतियोगिता क्षेत्र अनुसार ३ चरणमा गर्ने गरिन्छ। युरोप, अमेरिका र एशियाका लागि चरण छुट्याइएको छ ।

टिम जुनकिरी इन्डोनेसियामा भएको एशिया रिजनल प्रतियोगितामा सफलतापूर्वक प्रतिस्पर्धा गरेर आएको छ। उक्त माइलेज रेस कम्पिटिसन इन्डोनेसियाको लम्बोक सहरमा रहेको मोटो जीपी रेसिंग हुने पर्टामिना मण्डालिका सर्किटमा भएको थियो। सो प्रतियोगितामा नेपाल सहित भिएतनाम, काजकिस्तान, भारत, कोरियालागयतका १५ देश का लगभग ४६ ओटा विश्वविद्यालयका समूहहरूले सहभागिता जनाएको थिए।

अक्टोबर ११ देखि १५ सम्म भएको प्रतियोगितामा विद्यार्थीले पहिलो २ दिन शिप्मेंट कम्पनिले टेक्निकल समस्याले गर्दा गाडी समयमा पाउन सकेका थिएनन् । टेक्निकल जाच अक्टोबर १३ सम्म मात्र थियो, टेक्निकल जाँचमा १२० ओटा मुख्य मापदण्ड विद्यार्थीहरुले १ दिनको छोटो समयमा पास गरेका थिए।

काठमाडौं विश्वविद्यालयले विगतदेखि नै विद्यार्थीलाई ठुला ठुला प्रतियोगितामा सहभागिता गराएर, थियोरिटिकल नलेजलाई प्राक्टिकल मैदानमा उतार्दै विद्यार्थीको मनोबल उच्च बनाउँदै आइरहेको छ। सो प्रतियोगितामा सहभागी हुन केयूले गाडी ढुवानीमा १६ लाख रुपैयाँ सहयोग गरेको थियो। रातेपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com