Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ

साउन,२२ काठमाडौं । स्याङ्जामा छ महिने छोरीको हत्या गरेको आरोपमा आमासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गल्याङ नगरपालिका वडा नम्बर २ ईलुङगाकी २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० कुमाल गाउँकी २२ वर्षीय केदार कुमाललाई प्रहरीले पक्राउ गरेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

लक्ष्मीले आफ्नै छ महिने छोरीलाई हत्या गरी फालेको आरोप छ। लक्ष्मीका श्रीमान मीनबहादुर तीन महिनादेखि भारतमा छन्।
साउन १० गते घरमा कसैलाई खबर नगरी छ महिने छोरीसहित लिएर सम्पर्कबिहीन भएकी थिइन्। उनी सम्पर्कबिहीन भएपछि ससुराले साउन १२ गते प्रहरीलाई खबर गरेका थिए।

पछि लक्ष्मीले केदारसँग भागेर विवाह गरेको भन्ने सूचना प्रहरीले पायो। सोही सूचनाको आधारमा खोजी थालेको थियो।
खोजी गर्दा उनी गत शुक्रबार दिउँसो गल्याङ नगरपालिका वडा नम्बर ३ गल्याङ बजारमा फेला परेकी थिइन्।

‘पहिले लक्ष्मी फेला परिन्। उनीसँग सोधपुछ गरेपछि केदार पनि फेला परे,’ खनालले भने, ‘बच्चा कहाँ राख्यौ त भनेर सोध्दा सुरूमा त जंगलमा फालेको भनिन्। तर त्यहाँ पनि रहेनछ।’

अनुसन्धानको क्रममा उनले साउन १० को मध्यराति शौचालयको खाल्टोमा फालेको खुलेको हो। त्यहाँबाट प्रहरीले शव सडिगलिसकेको अवस्थामा फेला पारेको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com