Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

विनायक नगरपालिकामा काँग्रेस विजयी

जेठ, ६ काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेस उम्मेदवार अम्बिका कुमारी चलाउने ३ हजार ६५३ सहित विजयी भएकी छिन् । काँग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री चलाउने उनी अछाममा मेयर हुने पहिलो महिला समेत हुन् ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२ मत पाएका छन् । यस्तै एमालेले नन्द बहादुर कडायतले २ हजार ६९७ मत ल्याएका छन् ।

एकीकृत समाजवादीका योगेन्द्र बहादुर ६९२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गायक टंक प्रसाद जैसीले १५४ मत पाए । राप्रपाका उम्मेदवार इन्द्र रावलको मत ४६ मा सीमित भयो । यस्तै उपमेयरमा पनि काँग्रेसका हर्क बहादुर रावल विजयी भएका छन् ।

उनले ४ हजार १८८ मत ल्याउँदा माओवादीका रिता रावलले २६१८ मत पाएकी छिन् । एमाले उम्मेदवार राजु संज्यालले २३०२, एकीकृत समाजवादीका कृष्णा कुमार जैसी ८७८ र राप्रपाकी शर्मिला कुमारी शाहीले ६३ मत मात्र पाइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com