Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
सिटीको मैदानमा भएको पहिलो लेगमा ४–३ गोल अन्तरमा पराजित भएको रियलले बुधबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगमा ३–१ को जित निकालेको हो।
यो सँगै समग्रमा सेमिफाइनलमा ६–५ गोल अन्तरको जित निकाल्दै फाइनलमा लिभरपुलसँगको भेट पक्का गरेको हो ।

रियललाई जिताउन गएराती रोड्रिगोले दुई तथा करिम बेन्जिमाले एक गोल गरेका थिए। सिटीका लागि रियाड माहरेजले एक गोल गरेका थिए ।
माहरेजले खेलको ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई सुरआती अग्रता दिलाए। तर अन्तिम मिनेटमा सिटी सम्हालिन नसक्दा रोड्रिगोले ९० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयमा रोड्रिगोले पुनः दोस्रो गोल गरेसँगै खेल समग्रमा ५–५ गोलको बराबरीमा पुग्यो। त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा रियलले बाजी मार्‍यो।

अतिरिक्त समयको पाँचौ मिनेटमा करिम बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए।
रियलले अब उपाधिका लागि लिभरपुलसँग खेल्नेछ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com