Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ

भदौ,३१ काठमाडौं । झापामा दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना बृद्ध पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बलात्कार आरोपमा मेचिनगर नगरपालिका-१२का ७३ वर्षीय बृद्ध कपिलमणि पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।

उनले १७ वर्षीया र उनकी बहिनी ११ वर्षीया नाबालिगमाथि पटकपटक बलात्कार गरेको आरोप छ। पीडितकै घरमा गएर पटकपटक बलात्‍कार गर्ने गरेको भन्ने खुलेको कार्यालयले जनाएको छ।

यस्तै १७ वर्षीया नाबालिग तीन महिने गर्भवतीसमेत भइसकेको भन्ने‍ खबर प्रहरीले पाएको थियो।
१८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई पनि कानुनले बलात्कार मानेको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com