Yeti Khabar

२०७९ आश्विन २१, शुक्रबार - Fri Oct, 2022 -

उद्योगी, व्यवसायीलाई सरकारले सुरक्षा दिने : गृहमन्त्री बालकृष्ण खाण

काठमाडौं २५ चैत । गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा आज गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् ।

“अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी र व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ ।
गृहमन्त्री खाणले सबै नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुने स्पष्ट पारे । निर्वाचन वैशाख ३० मै हुनेमा सबै विश्वस्त हुन आग्रह गर्दै उनले निर्वाचनमा सबै दललाई सहभागी हुन अनुरोध गरे ।

विकास निर्माणका कामले जनताको पनि उन्नति र प्रगति हुने भएकोले राजनीतिक स्थायित्वका लागि सबै दल उत्साहजनक रुपले स्थानीय तहको निर्वाचनमा लाग्नुपर्ने खाणले बताएका छन ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com