Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै काठमाडौंका मेयर बालेन शाह घर दैलोमा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुहिने र नकुहिने फोहोर छुट्याऔं भन्दै घरदैलो कार्यक्रममा निस्किएका छन्।
शनिबार बिहानै उनीसहित महानगरपालिकाको वातावरण विभागको टोली घर दैलो कार्यक्रममा निस्किएका हुन्।

महानगरपालिकाले साउन १ गते आइतबारदेखि कुहिने र नकुहिने फोहोर संकलन गर्न लागेको हो।
त्यसको लागि महानगरले तालिका पनि सार्वजनिक गरेको छ। त्यसैको प्रचारप्रसार गर्न मेयर शाह घर दैलो कार्यक्रममा निस्किएका हुन्।

‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएको फ्लेक्स बोकेर उनीहरू घर दैलोमा निस्किएका हुन्।
शाहले स्थानीयलाई पर्चाहरू देखाएर कहिले कुन खालको फोहोर निकाल्ने भनेर सिकाएका पनि थिए।

महानगरपालिकाले शनिबार एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर संकलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ।

तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्न अनुरोध गरेको छ।
महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरबासीलाई सचेत र जानकारी गराएको थियो।

पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ।

काठमाडौं वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ।

महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ ९थ० तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ ९थ० अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।
महानगरले फोहोर छुट्याउनको लागि कुहिने र नकुहिने फोहोरको भाँडो नै छुट्टाछुट्टै राख्न भनेको छ।

सम्भव भएमा कुहिने फोहोरलाई घरमै कम्पोष्ट मल, गड्यौले बनाई आफ्नै करेसा बारीमा वा कौसी खेतीमा प्रयोग गर्ने बानी बसाल्न पनि अनुरोध गरेको छ।

नकुहिने फोहोरलाई पनि पुनस् प्रयोग गर्ने बानी बसाल्न र कवाडी व्यवसायीलाई बिक्री गर्न मिल्ने भए त्यहाँबाट पनि आय आर्जन गर्ने बानी बसाल्न भनेको छ। प्लाष्टिकलाई न्यून प्रयोग गरी त्यसको सट्टामा कपडा वा कागजको झोला प्रयोग गर्न पनि महानगरले अनुरोध गरेको छ। सेतो पाटीबाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com