Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

चिलीमा नयाँ संविधानको लागि दोस्रो जनमत सङ्ग्रह

 

चिलीमा निरङ्कुसकालको संविधानलाई प्रतिस्थापन गर्ने उद्देश्यले दोस्रो जनमत सङ्ग्रहका लागि मतदान भएको छ । सन् २०२२ को सेप्टेम्बरमा वातावरणीय संरक्षण र वैकल्पिक गर्भपतनको अधिकारलाई सुनिश्चित गर्ने प्रगतिशील मस्यौदालाई मतदाताले अस्वीकार गरेपछि विपक्षी रिपब्लिकन पार्टीले यसमा सामान्य सुधार गरेको थियो ।

बामपन्थी राष्ट्रपति गेब्रियल बोरिकले गएको महिना स्थिरता र दीर्घकालीन विकासमा ध्यान केन्द्रित गर्न संविधान संशोधनको यो अन्तिम प्रयास हुने बताउनुभएको छ ।

निरङ्कुश सैन्य शासक अगस्टो पिनोचेटको समयमा लेखिएको सन् १९८० को संविधानलाई पुनर्लेखन गर्ने प्रक्रिया २०१९ को अक्टोबरमा शुरु भएको जनप्रदर्शनलाई कम गर्ने प्रयासको रूपमा शुरु भएको थियो । सन् २०२० को जनमत सङ्ग्रहमा ८० प्रतिशतले संविधान प्रतिस्थापनको पक्षमा मतदान गरेका थिए ।

सन् १९८० को संविधानले कम्पनीहरू र सम्भ्रान्तवर्गलाई गरिब, श्रमजीवी वर्गको खर्चमा समृद्ध बनाउन सहयोग गरेको आरोप लगाइएको छ । पछिल्ला वर्षहरुमा चिलीमा मूल्यवृद्धि र आर्थिक अस्थिरता सुरक्षा जोखिम बढेको छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com