Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

४ जेठ, काठमाडौं । मोरङको लेटाङ नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेस(माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका भुपेन्‍द्रकुमार लावती मेयरमा निर्वाचित भएका हुन् । उपमेयरमा कृष्णकुमारी पोखरेल निर्वाचित भएकी छन् ।

लावतीले १० हजार २२७ मत प्राप्त गर्दा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार कृष्‍णकुमार लिम्‍बुले २८२ मत पाए ।

उपमेयरमा निर्वाचित पोखरेलले ९ हजार ४६० मत प्राप्त गरिन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्‍णप्रसाद लम्साल ४ हजार ९०५ मत ल्याए । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार शान्ति पाख्रिन लामाले १ हजार ६६७ मत प्राप्त गरिन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com