Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

फेसबुकमा ‘नो, नट अगेन’ लाई निर्वाचन आयोगले किन लगायो बन्देज ?

कात्तिक, ९ काठमाडौँ । निर्वाचन आयोगले मंगलबार ‘नो, नट अगेन’ नामका फेसबुक पेज र ग्रुपमा विभिन्न दलका शीर्ष नेताहरूलाई गालीगलौज गरिएको भन्दै त्यस्ता गतिविधि रोक्न र नरोकिए कारबाही गर्ने भन्दै विज्ञप्ति जारी गर्‍यो। ‘नो, नट अगेन’ नामका तीन वटा पेज र समग्र अभियानले नै विभिन्न दलका शीर्ष नेताविरूद्ध घृणा फैलाएकाले बन्देज लगाउनु परेको आयोगको भनाइ छ। आयोगको उक्त निर्णयको सामाजिक सञ्जालका केहीले विरोध गरेका छन्।

शीर्ष नेताहरूविरूद्ध बोल्न नपाइने भन्दै आयोगले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकविरूद्ध र शीर्ष नेताका पक्षमा निर्णय गरेको भन्दै आलोचना भएको छ।

नेकपा (एमाले) का नेता भीम रावलले बुधबार बिहान ट्विट गर्दै भनेका छन्( कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै विजयीु घोषणा गरिदिए कसो होलारु यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।

उनले आयोगको यो निर्णयले एमालेको दशौं महाधिवेशनमा आफूलाई मत नदिन भन्दै गरिएको खुला प्रचारको सम्झना दिलाएको बताएका छन्।

आयोगले भने मंगलबारको निर्णय संगठित रूपमा पेज नै चलाएर दुष्प्रचार र गालीगलौजसहित अमुक दलका उम्मेदवारलाई समर्थन गर्ने अभिप्रायसमेत देखिएकाले त्यस्ता पेज तथा गतिविधिलाई आयोगले बन्देज लगाउन खोजेको बताएको छ।


‘शीर्ष नेताहरूको फोटो राखेर त्यसमा क्रस गर्दै वा उहाँहरूको विषयमा द्वेषपूर्ण अभिव्यक्ति र गालगलौज गरेको देखियो। कुनै पेजमा अमुक दलको प्रचार पनि भेटियो। आयोगले त्यस्ता गतिविधिलाई नियमन गर्दै कारबाहीको चेतावनी दिएको हो,’ आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सेतोपाटीसँग भने।

आयोगले मुख्यतस् एउटै नाम नो, नट अगेन भएका तीन वटा पेजलाई प्रष्ट तोकेको छ। यी पेजबाट उम्मेदवारहरूप्रति लाञ्छनापूर्ण अभिव्यक्ति प्रकाशन भएको आयोगको ठहर छ। ३० हजार बढी फलोअर्स रहेको ल्य, ल्यत ब्नबष्ल ले मंसिर ४ वारपार भन्दै शीर्ष नेताहरूलाई विदाई गर्नुपर्ने अभियान चलाएको छ। शीर्ष नेताहरूको फोटो राखेर त्यस पेजबाट शेयर गरेको तस्बिरमा भनिएको छ, ‘अबको निर्वाचनबाट स(सम्मान बिदा गरौं, भूमाफिया तस्कर, दलाल र व्यापारीसँगको सेटिङमा सामेल भएर देशलाई खोक्रो बनाउने नेताहरूले देशको अर्थतन्त्र र विकासको काम अघि बढाउन सक्दैनन्।’

मधेस केन्द्रित दलका नेताहरूको तस्बिर राख्दै जनमत सत्ताको भर्‍याङ मात्रै नभएको र सत्ता लिप्सा मात्रै रहेकाहरूलाई बिदा गर्नुपर्ने भन्दै पोष्टर बनाइएको छ।

अर्को पेज ल्य। ल्यत ब्नबष्ल का १९ हजार सदस्य छन्। त्यस पेजबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार भइरहेको छ। त्यस पेजमा स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र मत भन्दै स्वतन्त्र पार्टीको विज्ञप्ति समेत राखेको देखिएको छ भने प्रमुख दलहरूलाई दलाल भन्दै गालीगलौज गरिएका पोष्ट समेत छन्।

यस्तै, १२ हजार सदस्य रहेको ल्य ल्यत ब्नबष्ल पेजबाट समेत घृणात्मक अभिव्यक्ति सहितका प्रचार भइरहेको भन्दै आयोगले तत्काल बन्द गर्न निर्देशन दिएको हो। आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ुल्य, ल्यत ब्नबष्लू, ूल्इ ल्इत् ब्न्ब्क्ष्ल्ू र ूल्य। ल्यत बनबष्लू समेतका फेसबुक पेजरग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यरश्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज रग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’ सेतोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com