Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

कर्णाली प्रदेश सरकारका चार मन्त्रीले आज शपथ लिँदै

बैशाख,६काठमाडौं । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । नेकपा माओवादी केन्द्र र कांग्रेसबीच बनेको नयाँ समीकरण अनुसार हिजो कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई बुझाएको थियो ।

कांग्रेसले सुर्खेत १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकासमन्त्री, जाजरकोट प्रदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने निर्णय गरेको थियो ।

यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले पनि आजै शपथ लिने बताएको छ । गत पुस २७ गते एमाले र माओवादीबिच भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय एउटै मन्त्रालय बनाउने निर्णय भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com