Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारतीय प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता, सबै विपक्षी एक हुँदा पनि बहुमत भने मोदीसँगै

भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दर्ता गराएको छ । अविश्वास प्रस्तावको सूचनालाई दर्ता गराउनका लागि सभाका अध्यक्ष ओम बिरलाले स्वीकृति दिएका बीबीसी हिन्दीले जनाएको छ ।

कांग्रेसका सचेतक मनिकम टेगोरका अनुसार विपक्षी दलको तर्फका कांग्रेसका सांसद गौरव गोगोईले अविश्वासको प्रस्ताव पेस गर्नेछन् । अविश्वासको प्रस्तावमा सबै विपक्षी सांसदको समर्थन रहेको कांग्रेस आईको दाबी छ ।

मणिपुर हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्तावको सूचना दिएको दाबी गरेका छन् । तर प्रधानमन्त्री मोदीसँग बहुमत भएकाले अविश्वासको प्रस्ताव पास हुने सम्भावना भने नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अविश्वासको प्रस्तावमाथिको छलफल र मतदानको मिति छलफलबाट टुङ्गो लाग्नेछ ।

यसअघि सन् २०१८ मा पनि नरेन्द्र माेदी सरकारकाे विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएकाे थियाे । सदनमा ११ घण्टा लामाे छलफलपछि अन्ततः माेदी सरकारले सदनमा आफ्नाे बहुमत पुर्‍याएकाे थियाे । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com