Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

२४ जिल्लाका ४ सय १३ वटा पालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

काठमाण्डौ – सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत देशभरका २४ जिल्लाका चार सय १३ वटा पालिकाका सबै बालबालिकाले खोप लगाएका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका १ सय ८० पालिकामा खोप अभियान जारी छ ।

अहिलेसम्म झण्डै ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार ४ सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ वटा जिल्लाका १ सय २२ वटा पालिकामा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताउनुभयो ।

यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कुल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com