Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

विश्वमै पहिलो पटक गैँडामा कृत्रिम गर्भाधान

अफ्रिकामा अतिदुर्लभ सूचीमा रहेको सेतो गैँडामा विश्वमै पहिलो पटक कृत्रिम गर्भाधान गरिएको छ । यो प्रजातिको गैँडा विश्वमा अहिले दुई वटा मात्रै छन् ।

उत्तरी सेतो गैँडाको प्रजातिलाई लोप हुनबाट जोगाउनका लागि वैज्ञानिकहरूले ती दुईमध्ये एउटा गैँडामा कृत्रिम गर्भाधान गराएका बीबीसीले जनाएको छ ।

वैज्ञानिकहरूले प्रयोगशालामा बनाएका भ्रुणलाई पोथी गैँडाको गर्भाशयमा सफलतापूर्वक प्रत्यारोपण गरेका खबरमा उल्लेख छ । यो प्रजाति एक समय मध्यअफ्रिकामा पाइन्थ्यो । तर गैँडाको अवैध सिकार हुँदा लोप हुने अवस्थामा पुगेको छ । बाँकी रहेका दुई वटै गैँडालाई अहिले अफ्रिकामा रहेको प्राकृतिक संरक्षण केन्द्र ओल पेजेटा नेचर रिजर्भमा कडा सुरक्षा दिएर राखिएको छ ।

पृथ्वीमा बचेका दुई मात्रै सेतो गैँडालाई जोगाउन वैज्ञानिकहरूले कठिन सङ्घर्ष गर्नु परिरहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com