Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

चीनले अन्तरिक्ष स्टेसनमा पठायो तीन अन्तरिक्षयात्री

चीनले आफ्नो पछिल्लो अन्तरिक्ष अभियानका क्रममा तीन जना अन्तरिक्षयात्रीलाई तियानगोङ अन्तरिक्ष स्टेसनमा पठाएको छ । 

उत्तरपश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहान ९ बजेर ३१ मिनेटमा सेन्जोउ–१६ अन्तरिक्ष यानमा रहेका तीन अन्तरिक्षयात्रीलाई लङ मार्च–२ एफ रकेटले अन्तरिक्ष स्टेसन लगेको हो ।

चिनियाँ टेलिभिजन सीसी टीभीका अनुसार सेन्जोउ–१६ का तीन अन्तरिक्षयात्रीहरूले नोभेम्बरको अन्त्यमा अन्तरिक्ष स्टेसनमा पुगेर सेन्जोउ–१५ का अन्तरिक्षयात्रीहरूलाई प्रतिस्थापन गर्नेछन् । 

यसको अर्थ यसअघि अन्तरिक्ष स्टेसन पुगेका र त्यहाँ वैज्ञानिक अनुसन्धान गरिरहको तीन अन्तरिक्षयात्री भने चाँडै पृथ्वीमा फर्किनेछन् । वर्तमान अवस्थामा हाल चीनको अन्तरिक्ष स्टेसन मोड्युल टी आकाको छ । उक्त स्टेसनलाई क्रस आकारको बनाउने योजना रहेको छ ।  

हाल अन्तरिक्षमा पठाइएका चिनियाँ अन्तरिक्षयात्री गुई हाइचाओ तियानगोङ अन्तरिक्ष स्टेसनमा पठाइएका पहिला गैरसेना अन्तरिक्षयात्री हुन् । हालसम्म यो स्टेसनमा चिनियाँ जनमुक्ति सेनाका सदस्य मात्र पुगेका थिए । ३६ वर्षीय गुईसहित यसपटक जिङ हाइपेङ र झु याङझुसलाई सेन्जोउ–१६ मिसनका लागि चीनको अन्तरिक्ष स्टेसन तियाङगोङमा पठाइएको छ ।

गुई बेइहाङ विश्वविद्यालयमा अन्तरिक्षयान गतिशीलता र नियन्त्रणसम्बन्धी विषयका प्राध्यापक हुन् ।

रोयटर्स

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com