Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरी हिजो सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।

इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’ भारतले तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ लाई गएको जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटा सतीश धावन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि, चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ ।

चन्द्रमाको एक दिन पृथ्वीको १४ दिन बराबर हुन्छ । भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो । यो अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिएको थियो ।

सन् २०१९ को शुरुतिर प्रक्षेपण गरिएको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेको थिएन । भारतले चन्द्रयान–३ का लागि झन्डै ८ करोड डलर खर्च गरेको छ । भारतको अन्तरिक्ष कार्यक्रमका लागि १ दशमलव ५ अर्ब डलर बजेट छुट्याइएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com