Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

लोकतान्त्रिक समाजवादी पार्टी कार्यकारिणी समितिको बैठक सुरु

असार, १९ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा पार्टीको अन्तरिम विधानमाथि छलफल हुने कार्यकारिणी समितिका सदस्य अकवाल अहमदले बताए ।

कार्यकारिणी समितिमा विभिन्न ६ वटा एजेण्डा प्रस्तुत गरिएको छ । अन्तरिम विधान संशोधनको विषय एक नम्बर एजेण्डामा राखिएको छ । सो एजेण्डामाथि शनिबारदेखि नै छलफल सुरु भएको छ । पहिलो एजेण्डा सकिएपछि कार्यकारिणी समिति विस्तार तथा केन्द्रीय समिति गठनलगायतको विषयमा छलफल हुने बताइएको छ । त्यसका साथै, समान विचार मिल्ने अन्य पार्टीहरुसँग चुनावमा सहकार्य गर्ने सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com