Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

पाकिस्तानमा भीषण बाढी : एक हजारभन्दा बढीको मृत्यु, अन्तर्राष्ट्रिय सहयोगको अपिल

देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाकिस्तान एक हजारभन्दा बढीको ज्यान गएको छ। सयौँ घाइते भएका छन्। बाढीपहिरोका कारण दशौँ हजार विस्थापित भएका छन्।

बाढीले देशभर भीषण क्षति पुर्‍याएपछि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
अमेरिका, यूके, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले उक्त अपिल अन्तर्गत सहयोग उपलब्ध गराएका छन् तर आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले अझ धेरै स्रोतको आवश्यकता रहेको बताएका छन्।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले देशको जनसङ्ख्याको करिब १५ प्रतिशत अर्थात् तीन करोड ३० लाख मानिसहरू बाढीबाट प्रभावित भएको बताएका छन्।

उनले यसपालिको बाढीलाई हालसम्मकै खराब भनेर भनिएको सन् २०१०-११ को बाढीसँग तुलना गर्न सकिने बताएका छन्।
यो वर्ष जुनयता बाढीका कारण पाकिस्तानमा ज्यान गुमाएका मानिसहरूको सङ्ख्या १ हजार ३३ पुगेको छ, एक हजार पाँच सय २७ जना घाइते भएका छन् भने दशौँ हजार विस्थापित भएको त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ सय १९ जनाको ज्यान गएको तथा ७१ जना घाइते भएका छन्।

बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढीपहिराबाट अति प्रभावित भएका छन्। बाढीपहिराले तीन हजार चार सय ५१ किलोमिटर सडक बगाएको, एक सय ४९ पुल भत्काएको, एक सय ७० पसल बगाएको, नौ लाख ४९ हजार आठ सय ५८ घरमा क्षति भएको तथा सात लाखभन्दा बढी चौपाया मरेका छन्।

यसैबीच पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रले यहा वर्षा र बाढीको अझै सम्भावना रहेको चेतावनी दिएका छ। अधिकारीहरुले यहाँ बर्षा भइरहेको भन्दै यहाँका नदीहरुमा पानीको मात्रा अझै बढ्न सक्ने भन्दै मानिसहरुलाई अति आवश्यक बाहेक बाहिर ननिस्कन पनि भनेका छन् ।

विशेषगरी पाकिस्तानका उत्तरपश्चिमी प्रान्तहरुमा बर्षाको सम्भावना अझै रहेको र बर्षा पनि यहाँका नदीमा पानीको सतह अझै बढ्न सक्ने भएकाले सतर्क रहन पनि भनिएको छ ।

त्यसैगरी कालाबाग, चासमा लगायतका क्षेत्रमा इन्डस नदीको बहाब बढ्ने र यसबाट मानिसहरुको बस्तीमा पनि बाढी पस्नसक्ने भन्दै उनीहरुले सूचना जारी गरेका छन् । पाकिस्तानमा गत मध्य जुनदेखि अत्यधिक बर्सातसँगै बाढी पहिरो सुरु भएको हो। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com