Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

स्थानीय तह चुनावमा उम्मेदवार बनेकाहरूलाई खर्च विवरण बुझाउन ताकेता

जेठ, २५ काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेकाहरूलाई खर्च विवरण बुझाउन ताकेता गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयले सूचना जारी गर्दै निर्वाचन भएको मितिले ३० दिनभित्र सबै उम्मेदवारहरूले खर्च विवरण बुझाउन आग्रह गरेको हो। गत वैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन कार्यालयले अनिवार्य रूपमा खर्च विवरण उपलब्ध गराउन माग गरेको हो।

निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा अघि नै महानगर, उपमहानगर, नगर र गाउँपालिका प्रमुख तथा वडाध्यक्ष र सदस्यहरूका लागि खर्चको सीमा तोकेको थियो।

सोही मापदण्डभित्र निर्वाचनको खर्च गर्नुपर्ने भए पनि अधिकांश उम्मेदवारहरूले अत्यधिक मात्रामा खर्च गरेका समाचारहरू आइरहँदा कार्यालयले आयोगले तोके अनुसारको मापदण्ड र खर्च विवरणअनुसार बुझाउन आग्रह गरेको हो।

यही जेठ ३० गतेभित्र सबै विजयी भएका वा विजयी हुन नसकेका सबै उम्मेदवारहरूलाई विवरण उपलब्ध गराउन सूचना जारी गरिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए।

उनका अनुसार सवारी साधन, इन्धन, प्रचारप्रसार, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन लगायतमा गरिएको खर्चको विवरण पेस गर्नुपर्ने उनले बताए।

नगरपालिका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजारसम्म र वडाध्यक्षले रु दुई लाखसम्म र गाउँपालिका अध्यक्ष र उपाध्यक्षले रु तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने प्रावधान रहेको थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com