Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

नेपाल रेडक्रसको विधान संशोधन गर्न वैशाखमा महाधिवेशन

sharethis sharing button

नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ। यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनका साथै रेडक्रसको रूपान्तरण गर्ने निर्णय गरेको अध्यक्ष प्रा. सुदर्शनप्रसाद नेपालले जानकारी दिए। रेडक्रसले सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरूमार्फत मानवीय कार्यमा आफूलाई केन्द्रीत गर्दै आएको छ।

लामो समयसम्म दर्ता नवीकरण हुन नसकेको रेडक्रसलाई नयाँ कार्यसमितिले नवीकरण गरी अद्यावधिक गरेको अध्यक्ष नेपालले जानकारी दिए।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासंघ (आइएफआरसी) को आर्थिक एवं प्राविविधक सहयोगमा डोटी र कर्णाली भूकम्प प्रतिकार्यलगायतमा सेवामूलक तिविधिहरू रेडक्रसले निरन्तर सञ्चालन गरिरहेका उनको भनाइ छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com