Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

प्रधान सेनापति प्रभुराम शर्मा भारत प्रस्थान

असोज,७ काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गरेका छन् । भोलीदेखि असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापित त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाई गरेको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ। सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नु पूर्व आइतबार नै प्रधान सेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com