Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

बर्जु महोत्सवमा यसपालि पनि झडप, प्रहरीसहित ५ घाइते

सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ।
हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ ४ गते भारतीय कलाकार यादव आउने कार्यक्रममा झडप भएको थियो।

यसवर्ष पनि मंगलबार कलाकार यादव सहभागी हुँदा झडप भएको छ।
झडपका क्रममा प्रहरीसहित पाँच घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
आयोजकले लिएको प्रवेश शुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए।

भीड नियन्त्रण गर्ने क्रममा प्रहरीसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा महोत्सव हेर्नका लागि आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेका छन्। घाइतेको उपचार भइरहेको छ।

भारतीय कलाकार यादवलाई हेर्नका लागि गएका दर्शकलाई टिकट बिना प्रवेश निषेध गरेपछि विवाद उत्पन्न भएको थियो। विवाद उत्पन्न भएपछि प्रत्यक्षदर्शीमाथि आयोजक समितिबाट खटिएकाले लाठीचार्ज गरेको महोत्सवमा सहभागीले बताएका छन्।

झडपका क्रममा गम्भीर भएका घाइतेलाई विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ।
गत वर्ष पनि सोही ठाउँमा खेसरीलालको कार्यक्रम हेर्न आएका बीच झडप हुँदा ठूलो धनजनको क्षति हुनुका साथै केही दर्शक घाइते भएका थिए। विवादित बर्जु महोत्सव सञ्चालनको अनुमति दिँदा यस्तै समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com