Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

मेस्सीको कीर्तिमानी गोलमा पीएसजीको जित

लियोनल मेस्सीको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मार्सेलीमाथि ३–० गोलको जित निकालेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले दुई गोल गरे । त्यस्तै लियोनल मेस्सीले एक गोल गरे । खेलको २५ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । खेलको २९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

मेस्सीको क्लब करियरमा यो ७०० औं गोल हो । हुने फुटबल क्लब करियरमा नयाँ कीर्तिमान पनि बनाएका हुन् । पीएसजीका लागि एम्बाप्पेले खेलको ५५ औं मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।जितसँगै पीएसजीले २५ खेलबाट ६० अंक जोडेको छ । पीएसजी तालिकाको शीर्ष स्थानमा छ । पराजित मार्सेली ५२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com