Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

टिकटकको बचाउमा चीन सरकार, जबरजस्ती बिक्रीको विरोध

विभिन्न पश्चिमा देशहरुले एकपछि अर्को गर्दै प्रतिबन्ध लगाउन थालेसँगै चीन पहिलोपटक टिकटकको प्रतिरक्षामा उभिएको छ ।

चीनले पहिलोपटक टिकटकका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै टिकटकको जबरजस्ती बिक्रीको विरोध गरेको

कतिपय देशहरुले टिकटकलाई सुरक्षाजन्य खतराको कारण देखाउँदै बन्देज लगाइरहेका बेला चीन सरकारको यस्तो भनाइ बाहिर आएको छ ।

चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै टिकटकलाई जबरजस्ती बिक्री गर्न बाध्य पार्ने जुनसुकै गतिविधिको कडा विरोध गरिने जनाएको छ

मन्त्रालयका अनुसार टिकटको बिक्री वा विनिवेशमा निर्यात प्रविधि सामेल हुनेछ र यसका लागि चीन सरकारको अनुमति आवश्यक रहनेछ ।

अमेरिकी कंग्रेससमक्ष टिकटक सीईओ

अमेरिकी सरकारले टिकटकलाई आफ्नो मुलुकको राष्ट्रिय सुरक्षा समेतका लागि खतरनाक भएको जिकिर गर्दै आएको छ । त्यहाँ सरकारी फोनहरुमा टिकटकमाथि प्रतिबन्ध लागिसकेको छ र अब देशभर नै टिकटकमाथि प्रतिबन्ध लगाउने माग पनि व्यापक बन्दै गएको छ ।

चिनियाँ सोसल मिडिया एप टिकटकमाथि उसले प्रयोगकर्ताका डाटा चीन सरकार र अझै चिनियाँ सेनालाई उपलब्ध गराउने गरेको दाबी अमेरिकालगायतका केही पश्चिमा मुलुकहरुले गर्दै आएका छन् । यहीँ आरोपका बीच बिहीबार टिकटकका सीईओ शाउ जी च्यूले अमेरिकी कंग्रेसमा उपस्थित भएर प्रश्नहरुको जवाफ दिनु परेको थियो ।

चार घण्टा लामो उक्त सुनुवाइका क्रममा च्यू ले पटकपटक चीन सरकारलाई टिकटकले प्रयोगकर्ताका कुनै पनि डाटा नदिने दोहोराएका थिए । साथै उनले टिकटकले १५ करोड अमेरिकी प्रयोगकर्तालाई कुनै पनि खतरा पैदा नगर्ने र यसले चिनियाँ कम्युनिष्ट पार्टीलाई पनि आफ्ना डाटा शेयर नगर्ने बताए ।

उनले टिकटक जोखिमपूर्ण तथा सुरक्षाका लागि खतराजन्य भएको भनेर लगाइएका आरोपहरू काल्पनिक तथा सैद्धान्तिक मात्रै रहेको भन्दै त्यसबारेमा कुनै पनि सबूत नरहेको जिकिर गरे ।

एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com