Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

फ्रान्समा हिमपहिरोमा परेर चार जनाको ज्यान गयाे, दुई जना बेपत्ता

 

फ्रान्समा हिमपहिरोमा परेर चार जनाको ज्यान गएको छ । केही घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।

फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको मोन्ट ब्लकमा रहेको हिमशृङ्खला आरोहणका क्रममा हिमपहिरो गएको बीबीसीले जनाएको छ ।

ज्यान गुमाएका चार जनामध्ये दुई जना माउण्टेन गाइड रहेका फ्रान्सका गृहमन्त्री गेरलाड डर्मिनिनलाई उदृत गर्दै खबरमा उल्लेख छ । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।  हिमपहिरोमा हराएका दुई जनाको खोजी भइरहेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार हिमपहिरो गएको दिन हिजो त्यहाँ धेरैजसो पर्वतारोहणका लागि पुगेका थिए । यो सिजनमा त्यहाँ पर्यटकको चहलपहल बढ्छ । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com