Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गाजामा रहेको राष्ट्रसङ्घको सहायता शिविरमा फेरि इजरायलकाे आक्रमण

काठमाण्डौ – इजरायलले गाजामा रहेको संयुक्त राष्ट्रसङ्घको सहायता शिविरमा फेरि आक्रमण गरेको छ । प्यालेस्टिनी शरणार्थी एजेन्सीले गाजापट्टीको दक्षिणी भागमा रहेको रफाहमा इजरायली सेनाले खाद्य वितरण केन्द्रमा आक्रमण गर्दा एक कर्मचारीको ज्यान गएको र २२ जना घाइते भएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घको सहायता एजेन्सी युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले इजरायलले सारा अन्तर्राष्ट्रिय मानवीय कानूनको अवहेलना गर्दै सहायता एजेन्सीमाथि आक्रमण गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यस्तै, खानाको खोजीमा लाइनमा बसेकाहरुमाथि पनि इजरायलले आक्रमण गर्दा आज मात्रै ६ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

रफाहमा १५ लाख जना प्यालेस्टाइनीहरू छन् । गाजाको अन्य भाग इजरायलले ध्वस्त बनाएपछि धेरै शरणार्थी रफाहमा पुगेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटरेजले इजरायलको यो आक्रमणले गाजाका नागरिकलाई अझै गहिरो नर्कमा पुर्याउन सक्ने चेतावनी दिनुभएको छ ।

गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जानेगरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा अन्धाधुन्ध आक्रमण गरेको छ । अहिलेसम्म झण्डै ३२ हजार जनाको ज्यान गएको छ ।  गाजाका अस्पताल र सहायता केन्द्रसहित पुरै क्षेत्र लगभग ध्वस्त भएको छ ।

युएनआरडब्लुएकी प्रवक्ता जुलियट टुमाले खाना र अन्य महत्वपूर्ण आपूर्तिहरूको लागि काम गरिरहेका कर्मचारीमाथि आक्रमण हुनु निकै अमानवीय कार्य भएको बताउनुभएको छ । युएनआरडब्लुएले गाजामा आफ्ना १३ हजार जना कर्मचारीमध्ये कम्तीमा १६५ जनाको ज्यान गएको बताएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com