Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कमल थापालाई टिकट दिएको भन्दै एमाले कार्यकर्ताले गरे पार्टी कार्यालयमा तालाबन्दी

कमल थापालाई टिकट दिएको भन्दै एमाले मकवानपुरको पार्टी कार्यालयमा ताला बन्दी गरिएको छ । एमाले मकवानपुरका असन्तुष्ट कार्यकर्ताले आइतबार बिहानबाट पार्टी कार्यालय मकवानपुरमा तालाबन्दी गरेका हुन् ।

हेटौंडा–५ पुष्पलाल पार्क नजिक एमाले पार्टी कार्यालयमा एमाले कार्यकर्ताले ताला लगाएका छन् । पार्टी केन्द्रको कमल थापालाई उम्मेदवार बनाउने निर्णयविरुद्ध जिल्ला नेतृत्व चुपचाप रहेको कार्यकर्ताको गुनासो छ ।

मकवानपुरमा १ नम्बर क्षेत्रमा नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको भए तापनि शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए । रातोपाटी बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com