Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर बेपत्ता, २५ जनाको उद्धार

लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर हराएका छन् । ८६ जना आप्रवासी बोकेर लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराइरहेका संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन (आईओएम) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

भूमध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो । आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा दुई हजार दुई सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् । भूमध्य सागर पार गर्नका लागि सानो डुङ्गामा क्षमताभन्दा धेरै मानिस चढ्दा दुर्घटनाहरु धेरै हुने गरेका छन् ।

आईओएमका अनुसार यस वर्ष लिबिया हुँदै एक लाख ५३ हजार जनाभन्दा धेरै मानिस इटली पुगेका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com