Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

बेस्सरी पेट दुख्यो भनेर अस्पताल आएका वृद्धको पेटमा भेटियो रक्सीको बोतल

facebook sharing button

बिहीबार दिउँसो सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा धनगढी-१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगर पुगे।

उनी मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भनेर आएका थिए। 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरे गर्न पठाइयो। एक्सरे रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखियो।

‘बिरामी आज नै पेट दुख्यो भनेर चेकअप गर्न आउनुभएको हो, एक्सरेपछि मात्रै बिरामी आफैंले पेटमा बोतल छ भन्ने कुरा थाहा पाउनुभयो,’ उनले भने।

मगरका अनुसार उनको पेटमा बोतल गएको दुई दिन जति भयो। मेडिकलमा सामान्य उपचारपछि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।

मगरले अस्पताललाई साथीसँगै मदिरा सेवन गरेको र साथीहरूले नै पेटभित्र बोतल छिराइदिएको बताएका छन्।

अहिले मगरलाई सर्जन डाक्टरकहाँ पठाइएको छ।

‘पेट भित्रको बोतल निकाल्न अपरेसन गर्ने वा उसै निस्किन्छ भन्ने तयारी भइरहेको छ। अपरेसन आजै हुनसक्छ। अपरेसनका लागि अरू पनि मेडिकल जाँच हुन्छ। सबै तयारी पूरा गरेर बोतल निकाल्ने काम हुन्छ,’ सूचना अधिकारी उपाध्ययले भने।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दका अनुसार अस्पतालले आफन्तहरूको सहमतिमा उनको पेटभित्रको बोतल निकाल्न अपरेसनको तयारी भइरहेको बताए।

उनका अनुसार घटनाबारे सोधपुछ गर्दा बिरामीले आफ्नै कमजोरीले यस्तो घटना हुन पुगेको बयान दिएका छन्।

‘बिरामीले कसैले यातना दिएर नभई मेरो आफ्नै गल्ती कमजोरीले यस्तो घटना हुन पुगेको कुरा गर्नुभएको छ,  आफन्तहरू पुगेर उहाँको अपरेसन तयारी भइरहेको,’ डिएसपी चन्दले भने। सेतोपाटी बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com