Yeti Khabar

२०७९ आश्विन १७, सोमबार - Mon Oct, 2022 -

लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको मृत्यु

असोज,७ काठमाडौं । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर १७ महिने शिशुको ज्यान गएको छ।
मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको आज बिहान गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनु भयो ।

पाण्डेका अनुसार खेल्दै गरेका बालक पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए।
गाडी मुनी बालक छिरेको थाहा नपाएपछि चालकले पानी झारेर अगाडि बढ्दा उनी गम्भीर घाइते भएका थिए।
उपचारका लागि तत्काल समिट अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com