Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सुरुङमार्ग विकास कार्यक्रमतर्फ १ अर्ब १९ करोड रुपैयाँ विनियोजन

जेठ, १५ काठमाडौँ । काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजना अन्तर्गत कलंकी– नारायण गोपालचोक सडक विस्तारका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक चार लेनमा विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिने बजेटमा उल्लेख छ ।

उपत्यकामा सञ्चालनमा रहेका सडक योजनालाई सम्पन्न गरिने अर्थमन्त्री जर्नादन शर्माले बताए । काठमाडौंको ग्वार्को–सातदोबाटो–एकान्तकुनामा फ्लाई ओभर र कोटेश्वर तथा नयाँबानेश्वरमा अन्डरपास निर्माण गरिने उनले घोषणा गरे ।

अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै सुरुङमार्ग विकास कार्यक्रमतर्फ १ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरिएको बताए ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com