Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको मुत्यु

असोज,५ काठमाडौं । खोला तर्ने क्रममा बगेर दैलेखमा दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भैरवी गाउँपालिका २ का ४३ वर्षीय वीरबहादुर थापा र महाबु गाउँपालिका ३ का ४६ वर्षीय कृष्णबहादुर बुढा रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी)भुवनेश्वरप्रसाद साहले बताउनु भयो ।

आज दिउँसो भैरवी गाउँपालिका २ मा छामघाट खोला तर्ने क्रममा दुवै जनालाई बगाएको थियो । दुवै जनाको शव भैरवी गाउँपालिका १ खोली बजार नजिकै छामघाट खोलाको झोलुङ्गे पुल नजिकै देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । दुवै जनाको शव पोस्टमार्टमका लागि दैलेख जिल्ला अस्पताल लगिएको डीएसपी शाहले बताउनु भयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com